FAQs Complain Problems

ग्यालरी

यहि मिती २०७६/०३/१५ गते यस ब.न.पा अन्तर्गत वडा नं.६ को सभाहलमा लुकेर रहेका क्षयरोगीलाई उपचारको दायरामा ल्याउन महिला स्वा सेविका, समाजसेवी, शिक्षक परिचालन सम्बन्धि गोष्ठी एक दिने कार्यक्रम सम्पन भयो। उक्त कार्यक्रममा प्रशिक्षक श्री बिदुर उप्रेती ज्यु तथा श्रोत व्यक्ति बिरेन्द्र प्रसाद साहको उपश्थितिमा महिला स्वयम् सेविका, समाजसेवी तथा शिक्षकको सहभागिता रहयो।   

मिति: 07/11/2019 - 14:35
, ,

यहि मिती २०७६/०३/११ गते देखी  १४ गते सम्म गर्वावती तथा सुत्केरी महिला तथा बाल बालिका तथा किशोर-किशोरी लक्षित पोषण प्रबर्धन कार्यक्रम सम्पन भयो। उक्त कार्यक्रम मा प्रशिक्षक श्री बिरेन्द्र प्रसाद साह, श्री बिदुर उप्रेती ज्यु , श्री हरिन्द्र प्रसाद कोइरी ज्यु तथा पार्वती पौडेल ज्युको उपश्तिथि रहयो। र  गर्वबती ,सुत्केरी महिला बाल-बालिका तथा किशोर-किशोरीको सहभागिता मा सम्पन भयो। 

मिति: 07/11/2019 - 14:24
, , , , ,

यहि मिती २०७६/०३/२५ गते यस ब.न.पा.को सभाहल मा पोषण सम्बन्धि अर्लिवार्निंग सिस्टम बिकाश तथा स्थापना बारे १ दिने गोष्ठी कार्यक्रम सम्पन भयो। उक्त कार्यक्रम मा पोषण तथा खाध्य सुरक्षा निर्देशन समितिका पदाधिकारी, पोषण सम्बन्धि फोकल पर्शन तथा नगरपालिकाका शाखा प्रमुख ज्युहरुको उपश्तिथिमा सम्पन भयो। 

मिति: 07/11/2019 - 13:46
, , ,

  यहि मिती २०७६/०३/२१ गते यस बहुदरमाइ नगरपालिका अन्तर्गत कृषि शसर्त अनुदानमा १६ हफ्ते कृषि अभियान सम्पन, संचालित वडा नं ५ र ६ मा integrated paste management(IPM) कृषक पाठशाला कार्यक्रम तथा उक्त कार्यक्रममा श्री संसारीमाई IPM कृषक पाठशाला बैरगिया टोल,श्री सिताराम IPM कृषक पाठशाला भौराटारमा  समापन समारोह  कार्यक्रमको अध्यक्षता वडा नं ६ को वडा अध्यक्ष श्री केदारनाथ तिवारी ज्यु को उपश्तिथिमा रहयो। 

मिति: 07/08/2019 - 12:51
, , , , , , ,

आज यहि मिती २०७६/ ०३/१७ गते बहुदरमाई नगरपालिका मार्फत यस न.पा. अन्तर्गत गठन भएका सहकारी संस्था का पदाधिकारी एवं न.पा.का कर्मचारी हरुलाई सहकारी संस्था सम्बन्धि ३ दिने तालिम तथा उक्त तालिममा न.पा. का नि.प्र.प्रशासकीय अधिकृत श्री हरिन्द्र प्रसाद कोइरी को अध्यक्षतामा सुरु भयो। 

मिति: 07/02/2019 - 14:22
, , , , , ,

आज यहि मिती २०७६/०३/१५ गते बिहान ८:०० बजे यस बहुदरमाइ नगरपालिका अन्तर्गत कृषि शाखा कार्यक्रम धान दिवश मनाउने वडा नं.५ पट्नी टोलमा प्रमुख अतिथिको रुपमा नगर उप-प्रमुख श्री गायत्री देवी ज्युको अध्यक्षतामा भएको हो। उक्त कार्यक्रममा निम्न सहभागीहरु कृषि ज्ञान केन्द्रबाट बिशेष अतिथी डा.राम चन्द्र यादव ज्यु,निमित कृषि शाखा संयोजक राम जनम साह ज्यु ,कृषी प्राबिधिक श्री सन्तोष सिंह,नरेन्द्र कुमार गुप्ता र निमित पशु संयोजक कमलेश गुप्ता ज्यु तथा अन्य कृषकहरुको समेत  उपश्तिथि रहेको थियो। 

मिति: 06/30/2019 - 14:52
, , , , , , ,

आज मिती २०७६ साल असार १० गते हाम्रो बहुदरमाई नगरपालिकाको आर्थिक बर्ष २०७६/२०७७ को सफल उद्घाटन समारोहको केहि झलक ।

मिति: 06/25/2019 - 17:28
, , , , , , , ,

यही मिती २०७६/०३/०८ र २०७६ साल असार ९ गते यस बहुदरमाइ नगरपालिकाको सभाहल मा संचालन हुने नसर्ने रोग सम्बन्धि जनप्रतिनिधी , शिक्षक, कर्मचारी तथा स्वाश्थ्यकर्मीहरु को लागि २ दिने तालिमको पहिलो दिनमा डाक्टर दिपेन्द्र मण्डल र डाक्टर लक्ष्मण ज्यु ले नसर्ने रोग सम्बन्धी जानकारी मुलक शिक्षण तथा जानकारी प्रदान गर्नु  भएको हो। 

मिति: 06/23/2019 - 14:32
, , , , , ,

आज यहि मिती २०७६/०३/०६ गते यस बहुदरमाई नगरपालिका को पशु सेवा शाखा का प्रमुख श्री कमलेश गुप्ता ज्यु मार्फत शसर्त अनुदान पशु आहार श्रोत केन्द्र बिकाश सहयोग कार्यक्रम मा च्याप कटर , मिल्क क्यान र व्यवशायिक पशु फर्म प्रबर्धन कार्यक्रम अन्तर्गत गोठ सुधारको अनुदान रकम तथा मिल्क क्यान र च्याप कटर किसानहरुलाई वितरण गरियो। 

मिति: 06/21/2019 - 14:02
, , , , , , , , , , , ,

आज मिती २०७/३/४ गते बहुदरमाइ नगरपालिका स्वाश्थ्य शाखाको आयोजनामा ब.न.पा. वडा नं २ र वडा नं ४ मा वार्ड अध्यक्ष ज्युहरु क्रमश; श्री जितेन्द्र पटेल र राम रेखा सिंह ज्युको अध्यक्षता मा ब.न.पा.-१ स्थित सरस्वति बाल क्लबको अभिनयमा बहुक्षेत्रीय पोषण योजना अन्तरगत बाल बिवाह न्यूनीकरण तथा दाइजो प्रथा बिरुद्ध सडक नाटक संचालन गरियो। सो कार्यक्रम मा संचालन सवा.शाखाबाट बिदुर प्रसाद उप्रेतीले गर्नु भएको थियो। 

मिति: 06/19/2019 - 15:25
, , , , , , , , , ,

Pages