FAQs Complain Problems

यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साहकाे अध्यक्षमा आज शनिबार बसेकाे नगर कार्यपालिकाकाे बैठकले जिल्लाकाे सदरमुकाम वीरगंजस्थित हाेटल अथवा धर्मशालामा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे हाे ।

आज यहि मिती २०७८ बैशाख २५ गते यस बहुदरमाई नगरपालिकाका नगर प्रमुख श्री नितेन्द्र प्रसाद साहकाे अध्यक्षमा आज शनिबार बसेकाे नगर कार्यपालिकाकाे बैठकले जिल्लाकाे सदरमुकाम वीरगंजस्थित हाेटल अथवा धर्मशालामा अस्थायी काेभिड अस्पताल संचालन गर्ने निर्णय गरेकाे हाे ।

तथा उक्त बैठकले नगरपालिका क्षेत्र भित्रका काेराेना संक्रमितहरुलाई निज निवास अथवा हाेम आइशाेलेसनबाट वीरगंजस्थित काेभिड अस्पताल सम्म पुर्याउन निशुल्क रुपमा एम्बुलेन्सकाे व्यस्था गर्ने निर्णय गरेकाे छ । साेकाे लागि हेल्पलाईन टेलिफाेन नम्बरहरु समेत सार्वजनिक गर्ने बैठककाे निर्णय छ ।

यस्तै, बैठकले नगरपालिकाले व्यस्थापन गरेकाे काभिड अस्पताल वाहेककाे अन्य अस्पतालमा उपचारकाे लागि भर्ना भएका संक्रमितहरुलाई उपचारमा खर्चकाे बिल, भर्पाई र अस्पतालबाट डिस्चार्ज भएकाे प्रमाणकाे आधारमा स्थानिय तह व्यवस्थापन काेषबाट एकमुस्ट रु १५ हजार दिने निर्णय गरेकाे ।

यसका साथै बैठकले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे आन्तरिक व्यवस्थापन शाखाकाे मिति २०७८ बैशाख २२ गतेकाे पत्र अनुसार एवम् जिल्ला प्रशासन कार्यालयकाे विभिन्न मितिकाे पत्र अनुसार नगरपालिकामा काेराेना भाइरस संक्रमण सम्बन्धि माईकिङ्ग लगायत अन्य विधुतिय सहायताहरुकाे प्रयाेग गर्ने र संभावित लक्षण देखिएका बिरामीहरुकाे स्वाब संकलन गरी परिक्षणकाे व्यवस्था नगरपालिकाले मिलाउने समेत निर्णय गरेकाे ।

बैठकमा नगर उप प्रमुख गायत्री देबी, निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर उप्रेती, वडाध्यक्ष जितेन्द्र पटेल, रामेश्वर प्रसाद साह, केदारनाथ तिवारी, रविन्द्र कुमार गुप्ता, लेखा प्रमुख उपेन्द्र साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

आर्थिक वर्ष: